Tuesday, June 22, 2021
Homeमनोरञ्जनकपिल योगीले ल्याए दामी (भिडियोसहित)

कपिल योगीले ल्याए दामी (भिडियोसहित)

कपिल योगी उर्फ योङ किटको आवाजमा दामी नामक नयाँ र्‍याप गीत सार्वजनिक भएको छ ।

मेक मनी रेकर्डस्‍को युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीतले सामाजिक सञ्जालमा अहिले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

मिस्टा चाम्ब्लिङले यस गीतको मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

गीतको भिडियोलाई अनिश गौतम, साकार शाही, सचिन काकी, सिजन महर्जन र सञ्जय सेन्चुरीले छायाँकन गरेका छन् भने वकाव भिजुयल्सले सम्पादन तथा भिएफएक्सको काम गरेको छ ।

तीन वर्षदेखि अस्ट्रेलिया बसेका योगी झन्डै दुई वर्षदेखि र्‍याप गायनमा सक्रिय छन् ।

उनी बाल्यकालदेखि नै कविता लेख्थे भने साहित्यमा रुची राख्थे ।

‘बिस्तारै त्यस लगावले मलाई र्‍याप र हिपहप संगीततर्फ आकर्षित गरायो । मैले आफु देखे–भोगेका कुरा, मानिसको जीवन र संघर्षलाई र्‍यापमा उतार्ने गरेको छु,’ योगीले भने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments