Tuesday, June 22, 2021
Homeमुख्य समाचारप्रदेश २ मा कांग्रेस र माओवादी पनि सरकारमा, शपथको तयारी

प्रदेश २ मा कांग्रेस र माओवादी पनि सरकारमा, शपथको तयारी

जनकपुर । प्रदेश २ मा नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुने भएका छन् ।

मुख्यमन्त्री कार्यालयको उच्च स्रोतका अनुसार केहीबेरमा शपथ गराउने तयारी भइरहेको छ ।

नेपाली कांग्रेसबाट तीनजना र माओवादी केन्द्रबाट दुईजना मन्त्रीसहित मन्त्रिमण्डल विस्तार गर्न लागिएको हो।

कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव नेतृत्वमा तीन र माओवादीबाट संसदीय दलका नेता भरत साहको नेतृत्वमा दुई नेता सरकारमा सहभागी हुनेछन् ।

यादवलाई भौतिक योजना मन्त्रालय दिने तयारी रहेको स्रोतले बताएको छ ।

जनता समाजवादी पार्टी (जसपा) को ठाकुर-महतो पक्षका भौतिक योजना मन्त्री जितेन्द्र सोनललाई मुख्यमन्त्रीले हटाएपछि मन्त्रालय खाली छ ।

बाँकी मन्त्रीलाई कुन मन्त्रालय दिने भन्ने तय हुन बाँकी छ ।

मुख्यमन्त्री कार्यालयमा अहिले मन्त्रालय भागबन्डाको विषयमा छलफल भइराखेको छ ।

केही मन्त्रालय फुटाउने सहमति भएपनि कुन मन्त्रालय फुटाउने भन्ने टुंगो लागेको छैन ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments