Tuesday, June 22, 2021
Homeसमाचारभदाैमा महाधिवेशन हुन्छ : देउवा

भदाैमा महाधिवेशन हुन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदाैमा पार्टीको १४ औं महाधिवेशन हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै तयारी पूरा गरिने बताएका हुन् ।

‘२०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ, यसमा म पूर्ण प्रतिबद्ध छु । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषयमात्रै नभएर याे एक महत्त्वपूर्ण राजनीतिक अभियान हाे’, देउवाले भनेका छन् ।

कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी आएका अभिव्यक्तिप्रति देउवाले आपत्ति समेत जनाएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments