Tuesday, June 22, 2021
Homeसमाचारप्रधानमन्त्रीसहित शीर्ष नेतालाई सभामुखले पठाए पत्र

प्रधानमन्त्रीसहित शीर्ष नेतालाई सभामुखले पठाए पत्र

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरूलाई छलफलका लागि बोलाएका छन् ।

समसामयिक विषयका लागि छलफल गर्न भन्दै सापकोटाले आज पत्राचार गरेका हुन् ।

जेठ २८ गते २ बजे निर्धारण गरिएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा तय गरिएको बैठकमा समसामयिक विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments