Tuesday, June 22, 2021
Homeसमाचारबादलपत्नी नैनकला संचारमन्त्री, खगराज अधिकारी गृहमन्त्री

बादलपत्नी नैनकला संचारमन्त्री, खगराज अधिकारी गृहमन्त्री

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा संचारमन्त्री बन्ने भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्न लागेको मन्त्रिपरिषद् पुनर्गठनमा पूर्वमाओवादी समूहबाट नैनकलाले प्रभावशाली मन्त्रालय पाएकी हुन् ।

प्रधानमन्त्रीले आज सात जना मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिँदैछन् ।

यसक्रममा उनले पूर्वमाओवादी समूहबाट नैनकलालाई संचारमन्त्री बनाउने भएका छन् ।

यसअघि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण बादललगायत पूर्वमाओवादीका सात जना मन्त्रीहरू पदमुक्त भएका थिए ।

प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तारमा पूर्वमाओवादी समूहबाट दुईजनालाई समेटेका छन् ।

नैनकलासँगै ज्वाला शाह कृषिमन्त्री बन्ने भएकी छन् ।

स्रोतका अनुसार नयाँ नियुक्त हुन लागेका मन्त्री यस प्रकार छन् :

१. नारदमुनी राना, वनमन्त्री

२. मोहन वानियाँ, विनाविभागीय

३. खगराज अधिकारी,गृहमन्त्री

४. नैनकला थापा, सन्चारमन्त्री

५. ज्वालाकुमारी साह, कृषि मन्त्री

६. . राजकिशोर यादव, उद्योग मन्त्री

७. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

८. आशा विक, वन राज्यमन्त्री

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments